‘ब्रा’मा फिट हुने ‘ब्रेस्ट क्यान्सर मोनिटर’ बनाउँदै बेलायती बैज्ञानिक

लण्डन । बेलायतका बैज्ञानिकहरुले स्तन क्यान्सरको निगरानी गर्न  महिलाहरुले लगाउने ‘ब्रा’ फिट हुने उपकरणको विकास गर्दैछन् । ब्रेस्ट क्यान्सर मोनिटरको रुपमा काम गर्ने नयाँ उपकरणले स्तन क्यान्सरका ट्युमर बढेको छ कि छैन भनेर पत्ता लगाउने बैज्ञानिकहरुले बताएका छन् ।

उनीहरुले भनेका छन्, ‘यो उपकरणले ट्युमरको विकासको अवस्था पत्ता लगाउने मात्रै होइन शरीरमा कुनै छेद नगरी घरमै आरामले बसी बसी निगरानी मिल्ने छ ।’

नोटिनघम ट्रेन्ट युनिभर्सिटी (एनटीयु) मेडिकल टेक्नोलोजी इनोभेसन फ्याकल्टीले विकास गरिरहेको यो उपकरणले स्तनको भित्र र बाहिरका कोशिकाहरुमा भएका तरल पदार्थरुमा स साना परिवर्तनहरु स्क्यान गर्न र पत्ता लगाउन विद्युतीय प्रवाहको प्रयोग गर्नेछ ।

उनीहरुले ट्युमरको तन्तु स्वस्थ तन्तु भन्दा बढी घना हुने तथा त्यसमा पानीको मात्रा कम हुने भएकोले यन्त्रले ट्युमरमा भएको परिवर्तन र बृद्धिलाई बास्तविक समयमा २ एमएमसम्म मापन गर्न सक्षम हुनेछ ।

वैज्ञानिकहरुले यो नयाँ उपकरण ब्रा मा फिट गर्ने कि यसलाई समावेश गरी नयाँ खालको ब्रा बनाउने भन्ने विषयमा थप अध्ययन गरिरहेका छन् । विकास गरिएको उपकरणले स्क्यान गरिएको ट्युमरको अवस्थाको रिपोर्ट स्मार्ट फोन मार्फत हेर्न मिल्ने र त्यसको थप अधययन मेडिकल टोलीले गर्ने बताइएको छ ।

एनटीयूका बैज्ञानिकहरुल यो उपकरणलाई केही वर्ष भित्र क्लिनिकल परीक्षणमा लैजाने लक्ष्य राखेको छ ।

एनटीयूका इलेक्ट्रोनिक टेक्सटाइल र इलेक्ट्रोनिक इन्जिनियरिङ्गका विशेषज्ञ डा. याङ्ग वेई भन्छन्, ‘स्तन क्यान्सर चाँडै बढ्न सक्छ । यो छ महिना भित्र १ एमएम वा छ हप्तामा २ एमएम पनि हुन सक्छ । कति छिटो बढ्छ भनेर हेर्नका लागि यो उपकरण एक अतिरिक्त डिभाइस हुनेछ ।’

उनले प्रविधिले स्तनको तन्तुमा भएका परिवर्तनहरु मापन गर्ने र बिरामीको बाँच्ने सम्भावनालाई सुधार गर्न समेत मद्धत गर्ने बताए ।

उनले आफूहरु स्तन क्यान्सर पत्ता लगाउने बैकल्पिक अनुसन्धानमा जुटिरहेको भन्दै त्यसले छिटै सफलता प्राप्त गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *