तथ्य र तथ्याङ्क : नसर्ने रोग

136
Shares

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वव्यापी रुपमा नसर्ने रोगबाट प्रत्येक वर्ष ४ करोड १० लाख मानिसले ज्यान गुमाउने गरेका छन् ।

यस्तै प्रत्येक वर्ष ७० वर्ष नपुग्दै नसर्ने रोगहरुको कारणबाट १ करोड ७० लाख मानिसहरुको मृत्यु हुने गरेको छ ।

नसर्ने रोगमध्येको एक मुटु तथा रक्तनली सम्बन्धी रोगका कारण बार्षिक रुपमा १ करोड ७९ लाख जनाको मृत्यु हुने गरेको छ ।

यस्तै क्यान्सर रोगका कारण विश्वभर प्रतिवर्ष ९३ लाख जनाको ज्यान जाने गरेको छ ।

यसैगरी विश्वभर प्रतिवर्ष दीर्घ श्वासप्रश्वास रोगहरुको कारण ४१ लाख जना र मधुमेह रोगको कारण २० लाख जनाले ज्यान गुमाउने गरेका छन् ।

डब्लुएचओले नसर्ने रोगबाट हुने मृत्युलाई नियन्त्रण गर्न सकिने भन्दै आएको छ ।

स्वस्थ खानपान र स्वस्थ जीवन शैली अपनाएर नसर्ने रोगको जोखिम क मगर्न सकिने उसले बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *