‘औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युट्रास्यिुटिकल्स र फुड सप्लिमेन्टहरु प्रेस्काइब गर्न नपाइने’
चितवन, १९ फागुन । भरतपुर अस्पतालले औषधि व्यवस्था विभागमा दर्ता नभएका कुनै पनि न्युट्रास्यिुटिकल्स तथा फुड सप्लिमेन्टहरु प्रेस्काइब नगर्न चिकित्सकहरुलाई सचेत गराएको छ ।

अस्पतालको ड्रग एण्ड थेरापेटिक कमिटिको निर्णय अनुसार विभागमा दर्ता नभएका खाद्यपुरक आहार (न्युट्रास्यिुटिकल्स तथा फुड सप्लिमेन्ट) प्रेस्काइबमा बन्देज गरिएको भन्दै चिकित्सकहरुलाई सचेत गराएको हो ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले गत बिहिबार सबै विभाग, वार्ड र चिकित्सकहरुलाई सम्वोधन गरेर प्रेसित सूचनामा दर्ता नभएका न्युट्रास्यिुटिकल्स तथा फुड सप्लिमेन्टसहरु प्रेस्काइब गरेको पाइएमा अस्पताल प्रशासन कार्वाही गर्न बाध्य हुने उल्लेख छ ।
पछिल्लो समय बिरामीहरुलाई न्युट्रास्यिुटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्काइब गर्ने चलन बढेको छ ।
नेपाल चिकित्सक संघले केही समय अघि यी बस्तुहरु चिकित्सकले प्रेस्काइब गर्न सक्ने भन्दै विज्ञप्ती नै जारी गरेको थियो । तर, कतिपय चिकित्सकहरुले चिकित्सकले औषधि प्रेस्काइब गर्ने भन्दै खाद्य बस्तुहरुलाई औषधि जस्तै गरी प्रेस्काइब गर्न नहुने बताउँदै आएका छन् ।
यता विभागले यस्ता बस्तुहरुलाई औषधिको रुपमा दर्ता गरेको छैन भने फार्मेसीमा राख्न नपाइने बताएको छ ।
तर, सप्लायरहरुले खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागबाट यस्ता बस्तुहरुको आयात तथा वितरणका लागि स्विकृति लिने गरेका छन् । अहिले नेपालमा न्युट्रास्यिुटिकल्स तथा फुड सप्लिमेन्टको बजार तिब्र गतिमा बढेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




Why not the physicians cannot advice about food items? Doctors must not be limited to drugs. He is free to advice about the required foods as well.