क्यान्सरको पुनराबृत्तिलाई रोक्नका लागि नयाँ औषधि विकास भएको भारतीय बैज्ञानिकहरुको दावी

 मुम्बई । भारतको मुम्बईस्थित टाटा इन्स्टिच्युटका अनुसन्धानकर्ताहरुले क्यान्सरको पुनराबृत्तिलाई रोक्नका लागि एउटा नयाँ औषधिको विकास भएको घोषणा गरेका छन् ।

टाटाका अन्वेशकहरु र चिकित्सकहरुले १० बर्ष लामो अनुसन्धानपछि नयाँ औषधि विकास भएको दावी गरेका छन् । हिन्दुस्थान टाइम्सका अनुसार ती अनुसन्धानकर्ताहरुले एक ट्याबलेट ल्याएका छन् जसको प्रयोगले बिरामीहरुमा दोहोरिएर क्यान्सर हुने क्रम रोकिने दावी गरिएको छ ।

‘हामीले सानो प्रयोग गर्‍यौँ जसमा हामीले मानव स्तन क्यान्सर कोशिकाहरु लिएका थियौँ र तिनीहरुलाई इम्युनोडेफिसियन्ट मुसामा प्रत्यारोपण गर्‍यौँ,’ टाटा मेमोरियल हस्पिटलका चिकित्सकहरुको नेतृत्व गरेका अंकोसर्जन डा इन्द्रनील मित्राले भने, ‘छ हप्ता भित्रमा एउटा सानो ट्युमर बन्यो । हामीले मुसालाई क्यान्सर उपचार केमोथेरापी, रेडियोथेरापी र शल्यक्रिया अनुसार विभाजन गर्यौँ । हामीले तीनवटै उपचारले मुसाको मस्तिष्कमा क्रोमेटिन बढेको पायौँ ।’

‘पछि हामीले रेस्वेराट्रोल र तामाको संयोजनबाट क्रोमेटिनलाई नष्ट गर्न मद्धत गरेको पत्ता लगायौँ । हामीले हाम्रो अध्ययनमा मुखबाट दिईने ट्यावलेटको प्रयोग गर्यौँ र यसले मेटास्टेसिसलाई रोकेको फेला फेला पारेको छ,’ डा. मित्राले भने । उनले अगाडी थपे यो मुसामा गरिएको परीक्षण हो अब छिटै नै मानव शरीरमा यसको प्रयोग हुनेछ ।

उनले नयाँ औषधिले केमो तथा रेडियसनको साइड इफेक्ट ५० प्रतिशतले कम गर्ने र क्यान्सर दोहोरिन सक्ने सम्भावना ३० प्रतिशतले घटने दावी गरेका छन् । उनले यो औषधि अहिलेसम्मकै सस्तो र प्रभावकारी भएको समेत दावी गरेका छन् ।

टाटा मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा राजेन्द्र वाद्वेले यो प्रति ट्यावलेट १०० रुपैयाँ भन्दा बढी नपर्ने समेत जानकारी दिए ।

टाटा मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा राजेन्द्र वाद्वेले यो प्रति ट्यावलेट १०० रुपैयाँ भन्दा बढी नपर्ने समेत जानकारी दिए । उनले यो नयाँ औषधिबाट लाभ लिन आम अझै केही वर्ष कुर्न पर्ने बताए । ‘किनभने यो परीक्षणलाई पूर्ण गर्न अझै कम्तिमा ५- ६ बर्ष लाग्न सक्छ,’ डा बाद्वेले भने ।

क्यान्सरको उपचार पछि क्रोमाटिन कणहरुको उपस्थिति पुष्टि भएपछि टोलीको ध्यान पेट, मस्तिष्क, मुख र रक्त क्यान्सर जस्ता मानव क्यान्सरहरुमा क्लिनिक परीक्षणहरुमार्फत उपचारमा हुने ‘साइड इफेक्ट’ कम गर्ने तर्फ केन्द्रीत भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *