रुसले क्यान्सरको भ्याक्सिन छिटै सार्वजनिक गर्ने राष्ट्रपति पुटिनको दावी

काठमाडौँ, ४ फागुन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका वैज्ञानिकहरू क्यान्सरको खोप बनाउन लागेको बताएका छन् । परीक्षणको चरणमा रहेको र उनीहरू सफलता नजिक रहेको पनि रुसी राष्ट्रपति पुटिनको भनाई छ ।

सरकारी टेलिभिजनमा गरेको सम्बोधनमा पुटिनले क्यान्सर रोगविरुद्धको खोप चाँडै नै सर्वसाधारणका लागि उपलब्ध गराइने पनि बताए ।

यद्यपि, उनले यो खोपले कुन विशेष प्रकारको क्यान्सर विरुद्ध काम गर्छ वा सबैमा काम गर्छ भन्ने स्पष्ट गरेनन् ।

क्यान्सरको प्रभावकारी उपचार विगत केही दशकदेखि विश्वभर खोजी भइरहेको छ । अहिले जर्मनीको कम्पनी बायोटेक, अमेरिकी कम्पनी मोडर्ना र मर्कले क्यान्सर भ्याक्सिनमा काम गरिरहेका छन् । तथापि, यी सबै एक विशेष प्रकारको क्यान्सरमा सीमित छन् ।

एजेन्सी

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *