दक्षिण भारतमा ‘मङ्की फिवर’ का कारण दुई जनाको मृत्यु

नयाँ दिल्ली, २३ माघ । भारतको दक्षिणी राज्य कर्नाटकमा ‘मङ्की फिवर का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ ।

मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

यो एक प्रकारको भाइरल हेमोरेजिक रोग हो जुन सन् १९५७ मा भारतको पश्चिमी घाटको क्यासनुर जङ्गलमा पहिलो पटक पहिचान भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *