श्रीलङ्कामा डिसेम्बरमा मात्रै १० हजारभन्दा बढीमा डेंगी संक्रमण

काठमाडौँ, १३ पुस । श्रीलङ्कामा डेंगीका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइ (एनडीसीयू) ले जानकारी गराएको छ ।

एकाईले शुक्रबार दिएको जानकारी अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेंगी सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो ।

डेंगी सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेंगी नियन्त्रण एकाईले जानकारी गराएको छ ।

श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेंगीको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *