श्रीलङ्कामा डिसेम्बरमा मात्रै १० हजारभन्दा बढीमा डेंगी संक्रमण

काठमाडौँ, १३ पुस । श्रीलङ्कामा डेंगीका बिरामीको सङ्ख्या बढ्दै गएको र डिसेम्बरमा मात्रै १० हजारभन्दा बढी सङ्क्रमित भेटिएको राष्ट्रिय डेंगी नियन्त्रण एकाइ (एनडीसीयू) ले जानकारी गराएको छ ।
एकाईले शुक्रबार दिएको जानकारी अनुसार डिसेम्बरमा १० हजार ५९० जनामा सङ्क्रमण देखिएको थियो भने नोभेम्बरमा डेंगी सङ्क्रमितको सङ्ख्या सात हजार ९९५ रहेको थियो ।
डेंगी सङ्क्रमितको सङ्ख्या अक्टोबरमा चार हजार १० र सेप्टेम्बरमा दुई हजार ६०५ रहेको राष्ट्रिय डेंगी नियन्त्रण एकाईले जानकारी गराएको छ ।
श्रीलङ्कामा यस वर्ष हालसम्म ८७ हजार ७८ जनामा डेंगीको सङ्क्रमण देखिएको छ भने ५५ जनाको मृत्यु भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



