चीनमा गएको भूकम्पमा परी १११ जनाको मृत्यु, १४० बढी घाइते

116
Shares

काठमाडौँ, ३ पुस । चीनको उत्तर पश्चिमी प्रान्त गान्सुमा सोमबार राति गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी अहिलेसम्म १११ जनाको मृत्यु भएको छ । सो भूकम्पमा परी १४० बढी घाइते भएको चिनिया सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार भूकम्पले गान्सु प्रान्तमा १०० जना र छिमेकी छिङ्गहाई प्रान्तमा ११ जनाको मृत्यु भएको हो ।

यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले मंगलबार बिहानै अधिकारीहरुलाई निर्देशन दिदै घाइतेको उपचार, पूर्वाधार मर्मत र प्रभावित बासिन्दाहरुलाई पुनर्वास लगायतका कार्यलाई तिब्रता दिन भनेका छन् ।

राति गएको भूकम्पको केन्द्रविन्दु झण्डै २ लाख ४० हजार जनसंख्या रहेको स्वायत्त जातीय अल्पसंख्यक जिशिशन काउन्टीमा रहेको बताइएको छ ।

भूकम्पका कारण उक्त क्षेत्रहरुमा घरहरु भत्किएका छन् भने उपयोगिताका पूर्वाधारमा क्षति पुगेका छन् ।

सडक सञ्चालनको अनुगमन गर्ने यातायात मन्त्रालयले भूकम्पका कारण यलो रिभरको पुल भाँचिएको जनाएको छ ।

चीनको माथिल्लो तहको स्वास्थ्य सेवा प्राधिकरण नेशनल हेल्थ कमिसनले सहायता प्रदान गर्न केन्द्रीय अस्पतालका विशेषज्ञ चिकित्सकहरुलाई प्रभावित क्षेत्रमा पठाएको छ ।

यस्तै गान्सु प्रान्तका शीर्ष दुई अधिकारीहरु प्रान्तीय पार्टी सचिव हु चाङसेङ र गभर्नर रेन झेन्हे पनि मंगलबार विहानै प्रकोप क्षेत्रमा गइसकेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *