विदेशमा एमबीबीएस गरेका फर्केका भारतीयले छ पटकमै एफएमजीइ उत्तीर्ण हुनुपर्ने

12
Shares

नयाँ दिल्ली । भारत सरकारले विदेशमा एमबीबीएस पास गरेर फर्केका आफ्ना विद्यार्थीलाई फरेन मेडिकल ग्र्याजुएट एक्जामिनेशन लागि छ पटक मौका दिने भएको छ । यसअघि यो परीक्षाका लागि कुनै अवधी वा पटक तोकिएको थिएन ।

नेशनल मेडिकल कमिसनले फरेन मेडिकल ग्र्याजुएट एक्जामिनेशन (एफ एम जी ई) दिनका लागि छ पटक मात्रैको मौका दिएको छ । यस वर्ष यो परीक्षा २० जनवरीमा हुँदैछ ।

नेशनल बोर्ड अफ एक्जामिनेशनले फरेन मेडिकल ग्राजुएट्सका लागि प्रत्येक वर्ष २ पटक परीक्षा लिने गरको छ । सो अनुसार अब उनीहरुले तीन वर्षमा यो परीक्षा दिएर उत्तीर्ण भईसक्नु पर्नेछ । भारतमा मेडिकल प्राक्टिस गर्न भारतीय र गैर आवासीय भारतीय विद्यार्थीहरुलाई यो परीक्षा पास गर्न अनिवार्य हुन्छ ।

त्यसो त एफएमजीई उत्तीर्ण भएपछि मेडिकल काउन्सिल अफ इन्डियाबाट समेत स्थायी दर्ता भइ हाल्छ । यद्धपी अमेरिका, बेलायत, क्यानडा,अस्ट्रेलिया तथा न्युजिल्याण्डबाट एमबीबीएस गरेकाहरुले भने यो परीक्षा दिनु पर्दैन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *