अस्पतालमा आगलागी हुँदा चार जनाको मृत्यु, २ सय भन्दा बढीको उद्धार

रोम, २४ मंसिर । रोमको टिभोलीस्थित सान जियोभान्नी इभान्जेलिस्टा अस्पतालको शवगृहमा शुक्रबार राति भएको आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ भने दुई सयभन्दा बढी घाइते छन् ।

इटालीको फायर ब्रिगेडलाई उद्धृत गर्दै बताइए अनुसार राति करिब १० ३० बजे शवगृह, क्लिनिक र भान्सा नजिक एक्कासि आगोले समातेको र तुरुन्तै माथिल्लो तलाको आपतकालीन कोठासम्म फैलिएको थियो ।

मृतक चार जनामध्ये दुई जनाको धुवाँले निसास्सिएर मृत्यु भएको बताइएको छ भने एकजनाको हृदयघातका कारण मृत्यु भएको छ भने अर्का एक जनाको जलेर मृत्यु भएको छ ।

शवगृहमा रहेका अन्य शव पनि जलेको पाइएको छ । उद्धार गरिएका मध्ये सात बालबालिका र धेरैजसो बच्चाहरू रहेका छन् । अस्पतालका प्रवक्ताले बताए अनुसार उद्धार गरिएका मध्ये १३४ जनालाई नजिकैका अस्पतालहरूमा लगिएको छ ।

आकस्मिक कोठामा उपचारका लागि पर्खिरहेका प्रत्यक्षदर्शीहरूका अनुसार एक्कासि बिजुली गएको र आगो सनसनी रूपमा फैलिएको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *