नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा चोपलाल भुसाल नियुक्त

556
Shares

काठमाडौँ, १८ मंसिर । नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा प्राडा चोपलाल भुसाल नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राडा भुसाललाई चार वर्षका लागि काउन्सिलको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नाक कान घाँटी रोगका विशेषज्ञ समेत रहेका प्राडा भुसाललाई यसअघि सरकारले नेपालका लागि बंगलादेशका राजदूत बनाएको थियो । त्यसअघि उनी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष, नेपाल चिकित्सक संघको अध्यक्ष समेत भइसकेका छन् ।

यसअघि अध्यक्ष रहेका प्राडा भगवान कोइरालाको चार वर्षे पदावधी १८ कात्तिक देखि देखि सकिएको थियो ।

प्राडा भुसालले आफूले आज स्वास्थ्य मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेको बताए । उनले मंगलबार काउन्सिल पुगेर पदवहाली गर्ने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *