टेकु अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त

1.3k
Shares

काठमाडौँ, ११ मंसिर । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा. युवानिधि बसौला नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले आइतबार डा. बसौलालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा नियुक्त गरेका हुन्।

यस्तै उक्त अस्पतालकी निर्देशक डा. मनिषा रावललाई  सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्र भक्तपुरको  जिम्मेवारी दिइएको छ। यता सार्क क्षयरोग केन्द्रका निर्देशक डा. रोशन न्यौपाने वीर अस्पतालमा सरुवा भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *