भक्तपुर क्यान्सर अस्पतालद्धारा करार सेवामा पदपूर्तिका लागि आवेदन गर्न एक साता म्याद थप

काठमाडौँ, ११ मंसिर । भक्तपुर क्यान्सर अस्पतालले करार सेवामा पदपूर्तिका लागि आवेदन गर्ने म्याद थप गरेको छ ।
अस्पतालले गत ४ मंसिरमा १५ दिनको म्याद राखेर प्रकाशित गरेको विज्ञापनलाई सच्याउँदै थप एक साता अवधी बढाएको हो । यो म्याद बढेसंगै अव आवेदनका लागि अन्तिम दिन २४ मंसिर हुने छ ।
अस्पतालले दुई जना मेडिकल अफिसर, चार जना स्टाफ नर्स, तीन जना फार्मेसी सहायक र दुई जना रिसेप्सनिष्ट गरी कुल ११ जना कर्मचारी माग गरेको छ ।
उसले लिखित, अन्तर्वाता र प्रयोगात्मक प्रक्रियाबाट कर्मचारी छनोट गरिने बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



