चिकित्सा शिक्षा आयोगमा रिक्त चारवटा निर्देशक पदका लागि दरखास्त आव्हान

योग्यता पुगेका ईच्छुक व्यक्तिले ७ दिन भित्र दरखास्त दिनु पर्ने

काठमाडौँ, ५ मंसिर । चिकित्सा शिक्षा आयोगमा रिक्त चारवटा निर्देशक पदका लागि दरखास्त आव्हान भएको छ ।

निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले मंगलबार सूचना जारी गर्दै दरखास्त आव्हान गरेको हो । समितिले योग्यता पुगेका ईच्छुक व्यक्तिले सात दिन भित्र दरखास्त दिन सक्ने जनाएको छ ।

आयोगमा मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी तीन वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्तिका लागि नाम सिफारिस गर्ने छ।

समितिले आवेदनका आधारमा उपयुक्त उम्मेदवारलाई विभिन्न १० वटा बुँदामा आवश्यक कागजपत्र ७ दिनभित्र दरखास्त हाल्न भनेको हो।

समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल रहेका छन् भने समितिमा प्राडा रमेशकान्त अधिकारी र प्राडा बुद्धिबहादुर थापा सदस्य छन्।

उनीहरुले काम सुरु गरेको १५ दिन भित्र निर्देशक पदमा नियुक्तिका लागि उपाध्यक्ष समक्ष नाम सिफारिस गर्नुपर्नेछ । निर्देशकको पदावधी ४ बर्षको हुनेछ ।

हेर्नुहोस सूचना

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *