नेपाल प्रहरीमा २८ जना एमबीबीएस र १३ जना स्टाफ नर्स सहित स्वास्थ्यका विभिन्न पदमा ६१ जनालाई स्थायी हुने अवसर

काठमाडौँ, १७ कात्तिक । नेपाल प्रहरीले रिक्त रहेका विभिन्न प्राविधिक पदहरुमा खुल्ला तथा समावेशी प्रावधान अनुरुप स्थायी पदपूर्ति गर्न दरखास्त आव्हान गरेको छ ।

प्रहरीले आव्हान गरेको दरखास्तमा स्वास्थ्य तर्फ नेपाल प्रहरी अस्पतालका लागि भन्दै २८ जना मेडिकल अफिसर (एमबीबीएस डाक्टर), १३ जना स्टाफ नर्स, ६ जना सीएमए, ५ जना अनमी र ४ जना ल्याव असिस्टेन्ट सहित विभिन्न पदमा गरी कुल ६१ जनाका लागि दरखास्त आव्हान गरेको हो ।

प्रहरीले आगामी ४ मंसिर देखि अनलाइन फारम दर्ता सुरु हुने र पुस ८ गतेसम्म यो प्रक्रिया जारी रहने जनाएको छ ।

यस्तो छ स्वास्थ्य तर्फका पद र योग्यता

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *