दशैंमा दाँतको ख्याल कसरी राख्ने ?

शरीरको अन्य अङ्गहरु जस्तै दाँत पनि एक महत्त्वपूर्ण भाग हो। जसरी हामीले शरीरको vital organs को ख्याल राख्छौं, त्यसरी नै दाँतको स्वास्थ्यको ख्याल राख्नु पनि त्यत्तिकै जरुरी छ।

सर्वप्रथम त दाँतको बनावटको विषयमा कुरा गरौँ । दाँत तीन भागमा विभाजित गरिएको हुन्छ।

१) इनामेल
२) डेन्टिन
३) पल्प

दाँतको राम्रोसँग ख्याल नराख्ने हो भने इनामेलबाट दाँत किराले खान सुरु हुन्छ। त्यसैबेलामा उपचार गरिएन भने डेन्टिनसम्म किराले आक्रमण गर्न सक्छ र त्यो समयमा पनि दाँत भरिएन भने जरासम्मै पुग्न सक्छ र त्यतिबेला दाँतको जरैदेखि उपचार गर्नपर्ने हुनसक्छ र कुनै अवस्थामा त दाँत बचाउन नसक्ने अवस्थामा फाल्नुपर्ने पनि हुनसक्छ, जुन हामीलाई गर्नु नै छैन ।

त्यसकारण दाँतको बेलैमा विशेष ख्याल राख्नाले यो समस्याबाट बच्न सकिन्छ ।

ल अब कुरा गरौं , दाँतको ख्याल कसरी राख्ने त ?

१) दिनको दुई पटक खाना खाइसकेको आधा घन्टा पछि दाँत माझ्ने :

– खाना खाएको आधा घन्टासम्म हाम्रो दाँतको बाहिरी भाग (enamel) कम्जोर रहने हुनाले आधा घन्टा पश्चात् मात्र  Fluoridated मन्जन र नरम ब्रसको प्रयोग गर्नुपर्छ र हरेक ३ महिनामा हामीले नयाँ ब्रस परिवर्तन गर्नुपर्छ।

२) हरेक खानेकुरा सेवन गरेपछि कुल्ला गर्ने :

– हामीले खाने हरेक खाना केही हद्सम्म दाँतमै अड्केर बस्ने हुनाले दाँतलाई किराले खान नदिन वा फोहोर जम्मा हुन नदिनका लागि हरेक खानेकुरा खाएपछि राम्ररी मुख कुल्ला गर्नुपर्छ।

३) दन्त धागो (dental floss) को प्रयोग गर्ने:
– हाम्रो दाँतमा अड्केको खानाहरु (विशेषगरी दाँतको बीचमा) ब्रसले मात्र निकाल्न नसक्ने हुँदा ब्रस गरिसकेपछि  दिनको एकपटक dental floss को प्रयोग गर्नुपर्छ।

४) दन्त परीक्षण समय समयमा गराउने:

– हामीले आफ्नो दाँतमा लागेको किरा आँखाले मात्र देख्न नसक्ने हुँदा, X-ray को प्रयोग गरेर हाम्रो दाँतको भित्री भागहरु, हड्डी तथा गिजाको अवस्थाहरु जाँच गर्न सकिन्छ । त्यसकारण हामीले हरेक ६-६ महिनामा आफ्नो दाँतको परीक्षण गरौँ र त्यसमा लाग्न सक्ने रोगहरु बाट बचौँ ।

यस सङ्गसङ्गै हामीले अरु केही महत्त्वपूर्ण बानीमा ध्यान पुराउँदा मुख स्वास्थ्य अझै स्वस्थ राख्न सकिन्छ। जस्तैः
१) धूम्रपानको प्रयोग नगर्ने।

२) पिय पदार्थको प्रयोग नगर्ने। (eg:- soda, cold drinks, wine, etc.)

३) कडा ब्रसको प्रयोग नगर्ने र सहि ढङ्गले दाँत माझ्ने।

अझ कुरा गर्ने हो भने त, दाँत र मुख स्वास्थ्यको ध्यान चाडपर्वमा कम दिइएको पाइन्छ। विभिन्न किसिमका खानेकुराहरुको सेवन गरिन्छ।

भन्ने नै हो भने, विशेष गरी मासु र पिय पदार्थ (cold drinks, hard drinks) को बढी प्रयोग भएको पाइन्छ। मासु खादाँ मासुको केही अवशेषहरु (remnants) हाम्रो दाँतमा नै अड्किएर बसेको हुन्छ। यसो हुँदा हामीले राम्रोसंग ब्रस गरेनौ भने र मुख सफा राखेनौ भने त्यहिबाट दाँत किराले खान सुरु हुन्छ। अब कुरा गरौँ पिय पदार्थको। यसमा प्रयोग हुने केमिकल (acid) हाम्रो दाँतको लागि निकै नै हानिकारक रहेको पाइन्छ। यी carbonated drinks मा phosphoric acid, carbonic acid र citric acid जस्ता तत्वहरु पाइन्छ जसले गर्दा हाम्रो दाँतको बाहिरी भाग (enamel) लाई असर पुर्याउँछ र दाँत कम्जोर गराउँछ। यसकारण चाडपर्वको समयमा दाँतको अझै धेरै ख्याल राख्नुपर्ने हुन्छ।

अन्त्यमा, "स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।" त्यसैले Medical Health को साथसाथै Dental Health को पनि ख्याल राख्ने गरौँ ।

Be Smart, Eat Smart !

 

# पराजुली र सापकोटा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा डेन्टल इन्टर्नको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “दशैंमा दाँतको ख्याल कसरी राख्ने ?

  1. सुन्दर जानकारी!!अति उपयोगी छ!!नानू!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *