प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त

काठमाडौं, २९ असोज । नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महाबाणिज्य दूतमा नियुक्त भएका छन् । मन्त्री साउदले सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन ।

वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।

उनले आगामी दिनमा रूवाण्डा र नेपालबीच भाइचारा सम्बन्ध विस्तार गर्दैै देशमा वैदेशिक लगानी भित्र्याउन सहयोग पुग्ने बताए । ‘रूवाण्डाले भर्खरै मात्र नेपालमा आफ्नो वाणिज्यदूत नियुक्त गरेको छ,’ नवनियुक्त वाणिज्यदूत पाण्डेले भने, ‘यसले दुई देशबीचको सम्बन्ध अझै प्रगाढ बन्नेछ ।’

कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको उनले बताए ।

हाल नेपाल फार्मेसी परिषद्का अध्यक्ष समेत रहेका पाण्डे नेपालकै अग्रणी औषधि उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्सका कार्यकारी निर्देशक समेत हुन् ।

लोमसले पछिल्ला वर्षहरुमा अफ्रिकी देशहरुमा औषधिका निर्यात थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *