कोलेस्टेरोल भनेको के हो ? कसरी बढ्छ ?

768
Shares
डा. सुदीप केसी
डा. सुदीप केसी

कोलेस्टेरोल रगतमा भएको बोसो ( लिपिड ) को एक प्रकार हो । यसको उत्पादन कलेजोमा हुन्छ र रगतको माध्यमबाट कोषहरू सम्म पुग्दछ । कोलेस्टेरोल आवश्यकता छ तर रगतमा आवश्यकता भन्दा बढी मात्रामा  रहेमा यसले शरीरलाई नराम्रो असर गर्दछ ।

आवश्यकता भन्दा बढी कोलेस्टेरोलले मुटुका धमनीको भित्री भित्तामा जम्मा भई नसा साँघुर्‍याएर रक्तप्रवाहमा अवरोध पुर्‍याउँछ । यसरी कोलेस्टेरोलको कारणले धमनी बन्द हुन् गएमा वा साँघुरिएमा त्यसबाट मुटु दुख्ने (ऐँठन हुने ) तथा पक्षघातजस्ता समस्या देखापर्न शुरु गर्दछ ।

बेलैमा सावधानी अपनाउन सकिएन भने यसले जटिल अवस्था निम्त्याउन सक्छ । जीवन जोखिममा पर्ने वा अपाङ्गसमेत हुन सक्छ ।

कोलेस्टेरोल दुई प्रकारका हुन्छन् । एलडीएल र एचडीएल । एलडीएल कोलेस्टेरोललाई नराम्रों मानिन्छ भने एचडीएललाई राम्रों मानिन्छ । किनकी रगतमा एलडीएल कोलेस्टेरोलको मात्रा बढी छ भने छ भने हृदयघात तथा स्ट्रोकको जोखिम बढी हुन्छ ।

कोलेस्टेरोल नाप्न किन जरुरी छ ?
कोलेस्टेरोल स्वयंमा बिरामीको रुपमा नदेखिने भएता पनि यसको साथमा ब्लडप्रेसर, डायबिटिज, उमेर, लिंग, जात, धुम्रपान गर्ने-नगर्ने जस्ता कुराहरुबाट सम्बंदित व्यक्तिलाई हृदयघात, स्ट्रोकको खतराको स्तर निकाल्नको लागि यसको जाच गर्न जरुरी छ ।

कोलेस्टेरोलको मात्रा के ले बढाउछ ?

  • धेरै बोसो, ट्रान्स बोसो तथा कोलेस्टेरोलको मात्रा खानाले , दैनिक शारीरिक अभ्यास वा कसरत नर्गनाले पनि यस्तो समस्या बढ्दै जान्छ ।
  • तौल बढ्दा शरीरमा भएको राम्रों कोलेस्टेरोल घट्दै जान्छ र नराम्रो बढ्दै जान्छ ।
  • पारिवारिक पृष्ठभूमि-  तपाईँको परिवारमा कसैलाई कोलेस्टेरोल छ भने तपाईँलाई पनि हुने सम्भावना बढी हुन्छ  ।
  • साधारणतया २० बर्षको उमेर पश्चात नराम्रो कोलेस्टेरोल बढ्न सक्दछ  ।

कोलेस्टेरोलको रिपोर्ट कसरी थाहा पाउन सकिन्छ ?

कोलेस्टेरोलको स्तर बढेको बिरामीले महसुस गर्दैन । रगत परीक्षण गराउनु नै कोलेस्टेरोलको स्तर थाह पाउने तरिका हो । रगत परीक्षण पश्चात आएको रिपोर्टलाई विभिन्न श्रोतमा बताइए अनुसार निम्नानुसार विभाजन गरि बुझ्न सकिन्छ; यस सम्वन्धी बिस्तृत निर्क्यौल गर्ने काम भने सम्बंदित डाक्टरले गर्नेछन ।

colesterol

कुन अवस्था कति खतरनाक  ?

Total Cholesterol :

२०० mg./dl भन्दा कम – सन्तोषजनक अबस्था
२०० देखि २३९ mg/.dl – खतरा शुरु हुन लागेको
२४० mg./dL m वा बढी – खतरनाक अबस्था

LDL Cholesterol :

LDL को मात्राले हृदयघातको खतरालाई Total Cholesterol भन्दा राम्रोसँग प्रतिविम्बित गर्छ ।

१०० mg/.dl भन्दा कम – सन्तोषजनक अबस्था
१०० देखि १२९ mg/.dl – खतरा शुरु हुन लागेको
१३० mg/.dl वा बढी – खतरनाक अबस्था

HDL Cholesterol :

सामान्यतया महिलामा ५०–६० mg/dl र पुरुषमा ४०–५० mg/dl हुनुपर्ने मान्यता छ। HDL कम भएमा हृदयघातको खतरा बढ्छ।
४० mg./dl भन्दा बढी – सन्तोषजनक अबस्था
४० mg/dl नरमी भन्दा कम – खतरनाक अबस्था

यसबाट जोगिनको लागि बेलैमा रगत परीक्षण गराई ढुक्क हुनुहोस  । त्यस्तै तपाईँले तपाईँले  दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्टेरोलको  खतराको रोकथाम गर्न पनि सक्नुहुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

4 thoughts on “कोलेस्टेरोल भनेको के हो ? कसरी बढ्छ ?”

  1. कोलेस्टेरोल बढी वा कम भएमा Balod pressure बढी हुन्छकि

  2. नमस्ते सर। मेरो पनि कोलेस्ट्रल बढेर २९२ पुगेको छ। यसमा मैले खानेकुरा के के नखानुहोला होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *