सहज उपचार सेवाका लागि शिखर इन्स्योरेन्स र ईशान अस्पतालबीच सम्झौता

काठमाडौँ, २ असोज । बसुन्धरास्थित ईशान बाल तथा महिला अस्पताल र शिखर इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएको छ। अस्पताल र शिखर इन्योरेन्स कम्पनीबीच उपचारमा नगदरहित सेवा दिने सम्झौता भएको हो।

मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा ईशान अस्पतालका कार्यकारी निर्देशक प्राडा रामानन्द चौधरी र शिखर इन्स्योरेन्स कम्पनीका सिईओ दीपप्रकाश पाण्डेबीच उपचार सेवा सम्वन्धी सम्झौँता भएको हो ।

सम्झौँता अनुसार अब शिखर इन्स्योरेन्सले उपलव्ध गराएको स्वास्थ्य बीमाको प्याकेज अन्तर्गत रही सदस्यहरुले नगद रहित सेवा अस्पतालबाट प्राप्त गर्नेछन् । शिखरमा आवद्ध सदस्यले तोकिएका प्याकेजको उपचार गर्नका लागि नगद बोकेर आउनु पर्दैन् । बिरामीले सहज रुपमा उपचार सेवा प्राप्त गर्नेछन् ।

सो अवसरमा शिखर इन्स्योरेन्सका सीईओ पाण्डेले अरु जनरल अस्पतालमा सम्झौँता भए पनि बाल अस्पतालसंग सम्झौँता हुनेमा ईशान पहिलो अस्पताल भएको बताए । उनले यसबाट आफ्ना सदस्यहरुको उपचारमा थप सहयोग हुने विश्वास व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *