बङ्गलादेशमा ६४ हजार डेंगीका बिरामी, ३ सयले ज्यान गुमाए

168
Shares

ढाका, २१ साउन । लामखुट्टेको टोकाइबाट हुने घातक रोग डेंगी लागेर बङ्गलादेशमा तीन सय तीन जनाले ज्यान गुमाएका छन् भने ६४ हजार बिरामी भएका छन् ।

शनिबार थप १० जनाको मृत्यु भएको र दुई हजार चार सय ९५ जना बिरामी थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यस वर्ष हालसम्म देशमा पुष्टि भएका बिरामीको सङ्ख्या ६४ हजार पुगेको छ । डेंगी लागेर तीन सय तीन जनाले ज्यान गुमाएका छन् ।

दक्षिण एसियाली देश बङ्गलादेशमा गत महिना डेंगीबाट पीडित हुने र ज्यान गुमाउनेको सङ्ख्या अत्यधिक रहको महानिर्देशनालयले जनाएको छ । गत महिना दुई सय चार जनाको मृत्यु भयोभने ४३ हजार आठ सय ५४ जना नयाँ बिरामी थपिएका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *