अमेरिकामा पुन: बढ्न थाले कोरोना संक्रमित

148
Shares

काठमाडौँ, १६ साउन । अमेरिकामा पुन: कोरोना संक्रमित ब्यक्तिहरुको संख्या बढ्न थालेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन(सीडीसी)ले देशमा कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुने बिरामीको संख्या बढेको छ ।

तथ्यांकअनुसार सन् २०२२ को डिसेम्बरको तुलनामा अस्पताल भर्ना हुने बिरामीको संख्यामा १० प्रतिशतले वृद्धि भएको छ। अमेरिकामा जुलाई १५ सम्म कोरोना संक्रमणका कारण ७ हजार १ सय बिरामी भर्ना भएका छन्। जबकि अघिल्लो साता यो संख्या ६ हजार ४४४ थियो ।

अमेरिकामा कोरोना इमर्जेन्सी रुममा आउने बिरामीको संख्या पनि गत महिनाको तुलनामा बढेको छ। यस्तो अवस्थामा अमेरिकामा कोरोनाको नयाँ लहर आउन सक्ने स्वास्थ्य विभागले चेतावनी जारी गरेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *