बङ्गलादेशमा डेङ्गी सङक्रमणबाट मृत्यु हुनेको संख्या १८५ पुग्यो

76
Shares

काठमाडौँ, १० साउन । बङ्गलादेशमा यस वर्ष डेङ्गी सङक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोग डेङ्गी कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।

कुल सङ्क्रमितको सङ्ख्या ३५ हजार २ सय ७० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालय (डिएफएचएस) ले जनाएको छ ।

यस वर्षको जनवरीदेखि जुलाई २४ तारिख अर्थात् सोमवारसम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेङ्गीका बिरामी घर फर्किएका छन् ।

डेङ्गीको बढ्दो सङक्रमणसँग जुध्न बङ्गलादेशका स्वास्थ्य अधिकारीले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने अभियान प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *