न्याम्सको उपकुलपतिका लागि नाम सिफारिस गर्न स्वास्थ्य मन्त्री बस्नेतको अध्यक्षतामा सर्च कमिटी गठन

काठमाडौँ, २६ असोज । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपति सिफारिस गर्न सर्च कमिटी गठन भएको छ । प्रधानमन्त्री समेत रहेका न्याम्सका कुलपति पुष्पकमल दाहाल (प्रचण्डले) आज कुलपतिस्तरीय निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं सहकुलपति मोहनबहादुर बस्नेतको अध्यक्षतामा दुई सदस्य रहेको सर्च कमिटी गठन गरेका हुन् ।

कमिटीको दुई जना सदस्यहरुमा राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी विच्छा र स्वास्थ्य सचिव डा रोशन पोखरेल रहेका छन् ।

उक्त कमिटिले योग्यता पुगेको तीन जनाको नाम सिफारिस गर्ने र त्यसमध्येबाट कुलपतिले एक जनालाई उपकुलपतिमा नियुक्त गर्नेछन् ।

यसैबीच सर्च कमिटी गठन भएको बारे स्वास्थ्य मन्त्रालयले आजै सार्वजनिक सूचना जारी गर्दै उपकुलपति पदाका लागि प्रतिष्ठान ऐन २०६३ एवं स्वास्थ्य मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्वन्धि मापदण्ड २०७३ अनुसार योग्यता पुगेकालाई सात दिन भित्र आवेदन दिन भनिएको छ । आवेदनका लागि  heocmohp@gmail.com  इमेल ठेगाना समेत छोडिएको छ ।

मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन २०६३ को दफा १८ को उपदफा (२) बमोजिम उपकुलपतिको नियुक्तीको लागि नाम सिफारिस गर्न सर्च कमिटी गठन गरिएको स्पष्ट पारेको छ । न्याम्समा अहिले प्राडा भुपेन्द्रकुमार बस्नेत निमित्त उपकुलपति छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *