स्वास्थ्य सेवा विभाग इडिसिडीको निर्देशकमा डा. रुद्र मरासिनी

काठमाडौँ, २१ जेठ । डा. रुद्र मरासिनीले स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकको कार्यभार सम्हालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा मरासिनीलाई इडिसिडीको निर्देशकको काम काज गर्न खटाएको थियो ।

एघारौँ तहका अर्थोपेडिक सर्जन मरासिनीले आइतबार इडिसिडीमा पुगेर कार्यभार सम्हालेका हुन् ।

यसअघि डा मरासिनी राष्ट्रिय ट्रमा सेन्टरको निर्देशक थिए । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले इडिसिडीका निर्देशक डा चुमनलाल दासलाई मन्त्रालयमा तानेपछि त्यहाँ रिक्त भएको पदमा डा मरासिनीलाई पठाउने निर्णय गरेका थिए ।

मन्त्री बस्नेतले सोही दिन मन्त्रीस्तरीय निर्णय गर्दै ट्रमाको निर्देशकको जिम्मेवारी डा बद्री रिजाललाई दिएका थिए ।

‘आजबाट इडिसिडीको जिम्मेवारी सम्हालेको छु । यतिवेला गर्मी सुरु भएको छ लगत्तै बर्खा आउँदैछ । किटजन्य रोगहरु डेंगी मलेरिया जस्ता रोगहरु देखिन थालेका छन् । यस्ता रोग नियन्त्रण गर्नका लागि मेरो प्राथमिकतामा परेको छ । यसबाहेक अरु सर्ने तथा नसर्ने रोग सम्वन्धी काम पनि हुनेनै छन्,’ डा मरासिनीले भने ।

विभागले आइतबार डा मरासिनीलाई स्वागत गर्दा डा दासलाई विदाई गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *