भारतको ओडिशामा भयानक रेल दुर्घटना : २३७ बढीको मृत्यु, ९०० बढी घाइते

284
Shares

नयाँ दिल्ली । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्लामा शुक्रबार भएको रेल दुर्घटनामा परी २३७ जनाको ज्यान गएको छ । दुर्घटनामा परी ९०० बढी यात्रु घाईते भएको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

हावडा चेन्नई कोरोमण्डल एक्सप्रेस, मालगाडी र अर्को हावडा एक्सप्रेस रेल एक आपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको हो ।
ओडिसाका मुख्यमन्त्री सचिन प्रदीप जेनाले रातभर उद्धारकार्य जारी राखेको बताए ।

उद्धारकर्मीहरुले अहिले पनि रेलका लिक तथा पल्टिएका डिब्बाले थिचिएका कैयौ शवहरु निकाल्ने कोशिश गरिदैछ । कतिपय घाइतेहरु पनि क्षतिग्रस्त डिब्बामा फसेका छन् ।

ओडिशाका स्वास्थ्य सचिव दुर्घटनालगत्तै घटनास्थलमा १५० बढी एम्बुलेन्स, ५० वटा बस, ४५ वटा मोवाइल हेल्थ युनिट परिचालन गरिएको बताए । यसबाहेक १२०० बढी उद्धारकर्ता खटिएको समेत उनले जानकारी दिए ।

घाइतेहरुको बहानगाको बालासोर मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको बताए । घाइतेको संख्या बढ्न सक्ने भन्दै छिमेकी जिल्लाबाट ५० बढी चिकित्सकलाई बहानगामा बोलाइएको उनले जानकारी दिए ।

यसैबीच सरकारले मृतकको परिवारलाई १२ लाख रुपैयाँ राहत तथा घाइतेहरुलाई ५० हजार देखि २५० हजार रुपैयाँसम्म उपचारका लागि खर्च दिने घोषणा गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *