चिकित्सक लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ३८ प्रतिशत उत्तीर्ण
काठमाडौँ, १९ जेठ । नेपाल मेडिकल काउन्सिलले गत बुधबार देखि सञ्चालन गरेको तीन दिने चिकित्सक नाम दर्ता परीक्षा (लाइसेन्स)को नतिजा प्रकाशित भएको छ । परीक्षामा ३८.३९ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् ।
काउन्सिल स्रोतका अनुसार परीक्षाका लागि मेडिकल (एमबीबीएस) र डेन्टल (बीडीएस) गरी कुल १ हजार ७२६ जनाले फारम भरेका थिए । त्यसमध्ये १७ जना अनुपस्थित रहेका थिए । १२ जनाको नतिजा रोकिएको छ
। कुल सहभागी १ हजार ७०९ जनामध्ये उत्तीर्ण हुनेको संख्या ६५६ जना रहेको छ । परीक्षामा १ हजार ५३ जना अनुतीर्ण भएका छन् ।
काउन्सिलले मेडिकल (एमबीबीएस) तर्फ कुल १ हजार ३९२ जनाले फारम भरेकोमा १ हजार ३७८ जना परीक्षामा सहभागी भएको बताएको छ । त्यसमध्ये ५५८ जना (४०.४९ प्रतिशत) मात्रै उत्तीर्ण भएको उल्लेख गरेको छ ।
यस्तै डेन्टल (बीडीएस) तर्फ कुल ३३४ जनाले फारम भरेकोमा ३३१ जना सहभागी भएका थिए जसमध्ये ९८ जना २९.६१ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।