बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने

300
Shares

काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भएको छ ।

त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए।

आगामी आर्थिक बर्षको बजेट सुनाउने क्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने पनि मन्त्री महतले जानकारी दिए ।

अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *