बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षमा बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भएको छ ।
त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए।
आगामी आर्थिक बर्षको बजेट सुनाउने क्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने पनि मन्त्री महतले जानकारी दिए ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को बजेट संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरिरहेका छन्।