आर्थिक बर्ष २०८०/०८१ को बजेट

दिवा खाजा कार्यक्रममा जंकफुड निषेध

छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम निरन्तरता
268
Shares

काठमाडौँ, १५ जेठ । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि दिदै आएको दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिएको छ । आगामी आर्थिक बर्षको बजेट सुनाउने क्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् ।

उनले दिवा खाजा कार्यक्रमका लागि ८ अर्व बजेट विनियोजन गरिएको बताए । उनले दिवा खाजा कार्यक्रममा जंकफुड निषेध गरिएको बताए । दिवा खाजा कार्यक्रममा स्थानीय तहमा उपलव्ध पोषणयुक्त खाजा उपलव्ध गराउनुपर्ने बताए ।

यस्तै सरकारले विद्यालयका छात्राहरुलाई निशुल्क स्यानिटरी प्याड उपलव्ध गराउने कार्यलाई निरन्तरता दिएको बताएको छ ।

उनले निशुल्क स्यानिटरी प्याडका लागि आफूले १ अर्व ४२ करोड बजेट विनियोजन गरेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *