स्वास्थ्यका कर्मचारीलाई तालीममा सहभागी हुने मौका, चीन र जापानबाट २६ वटा सिट प्राप्त

काठमाडौँ, २१ बैशाख । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहमा कार्यरत स्वास्थ्यका कर्मचारीहरुलाई चीन र जापानबाट तालीम तथा अध्ययन् गर्ने मौका आएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको चिठीमा चीनबाट २४ र जापानबाट २ जनाका लागि तालिम अध्ययनमा सहभागी हुन सक्ने उल्लेख गरिएको छ ।
यो तालीम अनलाइनमार्फत हुने भनिएको छ ।
त्यसका लागि उपयुक्त कर्मचारी मनोनयन गरि पठाउन समेत भनिएको छ ।
हेर्नुहोस् पत्र

*अनलाइनबाट दिईने तालीम हुनु पर्नेमा यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



