मंगलबारको मन्त्रिपरिषद्को बैठक : स्वास्थ्यका तीनवटा प्रस्तावमा निर्णय

588
Shares

काठमाडौँ, २० बैशाख । सरकारले कोभिड – १९ संकट व्यवस्थापन गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। उनले सो विधियकलाई फिर्ता लिएर संक्रामक रोगसम्बन्धी एकीकृत ऐन बनाउने समेत जानकारी दिईन ।

यस्तै मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्रसिंह रमण सिंहको वैशाख २६ देखि २९ गतेसम्म अवजरभेसन भिजिट अन टोबाको सेसनमा सहभागी हुन स्वीकृती प्रदान गरेको छ।

यसैगरी सरकारले नवलपरासी जिल्ला साविक मन्जरिया गाविस वडा नम्बर ५ स्थित ४ कट्ठा सरकारी जग्गा नवलपरासी आयुर्वेद स्वास्थ्य संस्था केन्द्रको भवन निर्माणमा उपयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *