पाकिस्तानमा दुईवटा लिंग भएको बालकको जन्म, तर गुदद्धार भने छैन

एजेन्सी । पाकिस्तानमा दुई वटा लिंग भएका बालकको जन्म भएको छ । तर सो बालकको मलद्धार भनेको छैन् ।

चिकित्सकहरुका अनुसार दुबै लिंगले काम (क्रियाशिल) गर्न सक्छ । उनीहरुले यस्तो केशलाई दुर्लभ घटनाको संज्ञा दिएका छन् ।

ईन्टरनेशनल जर्नल अफ सर्जरी केस रिपोर्टमा प्रकाशित विवरण अनुसार डिफलिया भनिने यस अवस्थाको असाधारण दुर्लभ केसका बारेमा उल्लेख छ । उक्त केशबारे रिपोर्ट बनाएका चिकित्सकका अनुसार सो बालकको दुबै लिंग सामान्य आकारको छ । यद्धपी एउटा भनदा अर्को लिंग १ सेन्टिमिटर ठूलो छ ।

चिकित्सकका अनुसार सो बालकले दुबै लिंगबाट पिसाव फेर्ने गर्दथ्यो ।

चिकित्सकको टोलीले यो केशलाई डिफलिया हुन सक्ने भन्दै प्रति छ लाखमा एक जनामा यस्तो हुने सम्भावना बताए ।

यस्तो केस अहिलेसम्म विश्वभर १०० वटा भएको उल्लेख गरिएको छ ।

बालकको उपचार गर्ने डाक्टरहरुका अनुसार १ प्रतिशत बिरामीमा गुदद्धार वा मलद्धारमा समस्या हुने गरेको छ ।

३६ हप्तामा जन्मिएको बालकको पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेजको बाल अस्पतालमा उपचार गरिएको थियो ।

जन्मिनासाथ सिधै अस्पतालको आकस्मिक विभागमा पुरयाएका सो बालकको आमा बाबुले कुनै पनि जन्मजात दोषको पारिवारिक इतिहास नभएको बताए ।

चिकित्सकहरुले उसको दुईवटा मुत्रमार्ग एउटै थैलीमा जोडिएको थाहा पाए । यसकारण सो बालकले दुबै लिंगबाट पिसाव फेर्न सक्दथ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *