श्रीलङ्कामा एक सयभन्दा धेरै प्रकारका औषधिको अभाव

काठमाडौँ, १५ वैशाख । श्रीलङ्काका स्वास्थ्यमन्त्री केहेलिया रामबुकवेलाले सरकारी अस्पतालमा प्रयोग हुने एक सय भन्दा बढी प्रकारका औषधिको अभाव रहेको बिहीबार संसद्मा बताएका छन् ।
सरकारी अस्पतालमा एक हजार ३४७ प्रकारका औषधि प्रयोग हुँदै आएको तर यसमध्ये११२ प्रकारका औषधिको अभाव रहेको उनले बताए ।
सरकारले औषधि आयातमा वार्षिक ५० अर्ब रुपैयाँ(१५ करोड ५० लाख अमेरिकी डलर) खर्च गर्ने गरेको उनले बताए ।
आफ्नो आग्रहमा अर्थ मन्त्रालयले थप ४० अर्ब रुपैयाँ ९१२ करोड ४० लाख डलर० थप गरेको जानकारी दिँदै उनले अभाव चाँडै अन्त्य हुने दाबी गरे ।
श्रीलङ्काको आर्थिक सङ्कटका कारण सन् २०२२ देखिनै अस्पतालमा चिकित्सकीय अभाव देखिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



