भारतमा एकैदिन ९ हजार भन्दा बढीमा कोरोना संक्रमण, २९ जनाको मृत्यु

काठमाडौँ, १३ वैशाख । भारतमा एकैदिन थप ९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९ हजार ६२९ जनामा संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ६१ हजार १३ पुगेको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट २९ जनाले ज्यान गुमाएका छन्। यो सहित भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ३९८ पुगेको छ।
भारतमा हाल दैनिक कोरोना संक्रमण दर ५.३८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



