स्वास्थ्यले आज पनि पाउने भएन नयाँ मन्त्री

स्वास्थ्य मन्त्री बन्ने दौडमा तीन जना अघि पछि

काठमाडौँ, १७ चैत ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नयाँ मन्त्रीको स्वागत गर्न नपाउने सम्भावना बढेको छ । स्वास्थ्य सहित आठ मन्त्रालय भागमा परेको नेपाली कांग्रेसले मन्त्रीका लागि पुरा सूची नपठाएपछि आज स्वास्थ्य मन्त्री बन्ने सम्भावना टरेको हो ।

आज राष्ट्रपति कार्यालयमा ३ बजे हुने सपथग्रहण कार्यक्रममा कांग्रेसका तर्फबाट चार जनाले मन्त्रीको शपथ लिने भएका छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार जनाले मन्त्रीको शपथ लिने भएका हुन्।

सभापति देउवानिकट स्रोतले शुक्रबार उपसभापति खड्का, प्रवक्ता डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले शपथ लिने बतायो ।

खड्काले उपप्रधानसँगै रक्षा, प्रवक्ता महतले अर्थ, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने स्रोतले जानकारी दिएको छ।
पार्टी भित्र शेखर कोइराला समूहले आफ्नो समूहलाई सम्मानजनक संख्या उपलव्ध नगराएको भन्दै सूची नपठाएपछि सभापति देउवाले पहिलोे चरणमा खड्काको नेतृत्वमा सरकारमा जान चार जनाको नाम पठाएका हुन् ।

‘यसअघि पार्टी भित्र दीपक खड्का, प्रदीप पौडेल र मोहन बस्नेतमध्ये एक जना स्वास्थ्य मन्त्री हुने चर्चा चलेको छ । स्वास्थ्यमा आउने भनेको यी तीन मध्ये एक जना नै हो । तर आज आउने सम्भावना कम भयो,’ स्रोतले भन्यो ।

स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले पनि नयाँ मन्त्री आउने सम्भावना आजलाई नभएको बताईन् । ‘मैले पनि भर्खरै सुने, आज स्वास्थ्य मन्त्रीको नियुक्ती नहुँने जस्तो भएछ,’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *