भरतपुर अस्पताललाई न्याम्सको आंङ्गिक क्याम्पस बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ, १४ चैत । सरकारले भरतपुर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को आङ्गिक शिक्षण अस्पतालको रुपमा संचालन गर्न सहमति दिने निर्णय गरेको छ ।

गत शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले भरतपुर अस्पताललाई न्याम्सको कार्यक्रम सञ्चालन गर्ने आंङ्गिक क्याम्पस (शिक्षण अस्पताल) को रुपमा अघि बढाउने निर्णय गरेको हो ।

‘आंङ्गिक शिक्षण अस्पताल भनेको ऐनमा नै भरतपुर अस्पतालको नाममा विद्यार्थी भर्ना गर्ने गरेर क्याम्पस सहितको शिक्षण अस्पताल बन्ने भयो । यसअघि न्याम्सको वीरमात्रै थियो भने अब बीर र भरतपुर आङ्गिक क्याम्पस हुने भयो । अव न्याम्सले भरतपुरलाई फ्याकल्टि दिएपछि चिकित्सा शिक्षा आयोगले तीन वर्षे रेजिडेन्सी भर्नाका लागि विषय अनुसारको कोटाहरु उपलव्ध गराउँछ,’ अस्पतालका पूर्व अध्यक्ष डा भोजराज अधिकारीले भने । उनले १२ वर्ष अघि देखिको आफ्नो सपना पुरा भएको भन्दै खुशी व्यक्त गरे ।

गतवर्ष भरतपुर अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताललाई शिक्षण अस्पताल बनाउन आफू लागि पर्ने प्रतिवद्धता जनाएका थिए । यसपटक आफै प्रधानमन्त्री भएपछि दाहालले उक्त प्रतिवद्धता पुरा गरेका हुन् ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *