मधेशमा पनि बन्ने भयो स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

 

काठमाडौँ, १४ चैत । मधेश प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय रहने भएको छ । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्रालयहरुको नाम परिवर्तन गर्ने निर्णय गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राख्ने निर्णय गरेको हो ।

बैठकले नाम परिवर्तन गरे पनि मुख्य मन्त्री तथा मन्त्रिपरिषद् लगायत मन्त्रालयको संख्या भने ११ वटा नै राख्ने निर्णय गरेको छ ।

यसअघि मधेश प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय थिएन । स्वास्थ्यको काम सामाजिक विकास मन्त्रालयले गर्दै आएको थियो ।

मुख्य मन्त्री कार्यालयका सचिव नुरहरि खतिवडाका अनुसार मधेश प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय, उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय रहने बताए ।

यस्तै गृह, सञ्चार तथा कानून मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक विकास मन्त्रालय, बन तथा बातावरण मन्त्रालय, शिक्षा तथा समाज कल्याण मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय रहने बताए ।

बैठकले नाम तय गरे पनि प्रमाणिकरण भने भइ नसकेको खतिवडाले स्पष्ट पारे ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *