३६ वटा नयाँ औषधि दर्ता गर्दै औषधि व्यवस्था विभाग

268
Shares

काठमाडौँ, १४ चैत ।  औषधि व्यवस्था विभागले ३६ वटा नयाँ औषधि दर्ता हुने बताएको छ । गत १२ पुसमा बसेको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले नयाँ औषधि तथा समिश्रणहरु अनुमोदन गरि विधि र प्रक्रिया पुरा गरी दर्ता गर्न विभागलाई परामर्श दिएपछि विभागले दर्ता प्रक्रिया अघि बढाएको हो ।

विभागका महानिर्देशक भरत भट्टराईले आइतबार सूचना जारी गर्दै दर्ता हुनसक्ने नयाँ औषधिको सूची सार्वजनिक गरेका छन् ।

विभागका प्रवक्ता सन्तोष केसीले औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले गरेको निर्णय अनुसार ३६ वटा नयाँ औषधि दर्ता प्रक्रिया अघि बढेको बताए । उनले यी औषधिहरु दर्ता भएपछि स्वदेशमै उत्पादन गर्न वा विदेशबाट आयात गर्न सकिने उनले स्पष्ट पारे ।

औषधि व्यवस्था विभागमा अहिलेसम्म १ हजार ४०० बढी औषधिको मोलिक्युल दर्ता भएको छ । यस्तै करीव १८ हजार ब्राण्ड पनि दर्ता भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *