नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
काठमाडौँ, १० चैत । राष्ट्रिय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणना २०७८ सार्वजनिक गरेको छ ।
शुक्रबार काठमाडौँमा राष्ट्रिय जनगणना—२०७८ को नतिजा सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले २०७८ को जनगणनाको तथ्यांक सार्वजनिक गरेका हुन् ।
जनगणनाको प्रतिवेदन अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो।
जनगणनाको नतिजा अनुसार पुरुषको जनसंख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ रहेको छ । जुन कुल जनसंख्याको ४८.९८ प्रतिशत हो । यसैगरी, महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ रहेको छ । जुन कुल जनसंख्याको ५१.०२ प्रतिशत हो । २०६८ मा १.३५ प्रतिशत वृद्धिदर रहेकोमा २०७८ मा ०.९३ प्रतिशतमा सीमित छ।
नेपालको १२औं चरणको जनगणना २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म (१५ दिनसम्म) गरिएको थियो। नेपालमा हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना हुँदै आएको छ ।