ललितपुरमा कोरोना भाइरसविरुद्धको खोपको बुष्टर डोज दिईँदै

60
Shares

ललितपुर, ८ चैत । ललितपुरमा कोरोना भाइरस विरुद्धको खोपको बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ।

​स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि (९ देखि १२ गते सम्म ) चार दिन लगाइने जनाएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ ।

ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती र कोन्ज्योसोम गाउँपालिकामा ९ र १० गते खोप लगाइँदैछ। महांकाल गाउँपालिकामा भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी चैत १० देखि १२ गतेसम्म बुस्टर डोज पनि लगाइने भएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *