ललितपुरमा कोरोना भाइरसविरुद्धको खोपको बुष्टर डोज दिईँदै

ललितपुर, ८ चैत । ललितपुरमा कोरोना भाइरस विरुद्धको खोपको बुष्टर डोजको दोस्रो मात्रा दिइने भएको छ।

​स्वास्थ्य कार्यालय ललितपुरले कोरोनाविरुद्ध बुष्टर डोज भोलिदेखि (९ देखि १२ गते सम्म ) चार दिन लगाइने जनाएको छ ।

जिल्लाका ६ वटै स्थानीय तहका सबै वडाका जोखिम समूह पहिचान गरेर फाइजर–बाई भ्यालेण्ट एडल्ट बुष्टर डोज दिन लागिएको छ ।

ललितपुर महानगर , गोदावरी र महालक्ष्मी नगरपालिकाका, बागमती र कोन्ज्योसोम गाउँपालिकामा ९ र १० गते खोप लगाइँदैछ। महांकाल गाउँपालिकामा भने नियमित खोप कार्यक्रममा सहभागी गराउनेगरी चैत १० देखि १२ गतेसम्म बुस्टर डोज पनि लगाइने भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *