स्ववियु निर्वाचन : महाराजगञ्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

 

काठमाडौँ, ६ चैत । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) महाराजगन्ज मेडिकल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ।

आइतबार राती सकिएको मतपरिणाम अनुसार सभापति  पदमा  अनेरास्ववियुका उम्मेदवार आनन्द कुमार सिंहको प्यानल नै विजयी भएको हो । सिंहको ५८६ र नेपाल विद्यार्थी संघकी उम्मेदवार अविशिखा न्यौपानेको ५८४ मत आएको छ। दुई मतको फरकले सिंहले जित हासिल गरेका हुन्।

त्यस्तै सचिवमा अनेरास्ववियुकी उम्मेदवार विपना न्यौपानेले ६३८ मत ल्याएर जित हासिल गरेकी छिन्। भने नेविसंघका पारस खड्काले ५२९ मत ल्याए।

कोषाध्यक्षमा अनिलकुमार साहले ६२९ मत ल्याएर जित हासिल गरेका छन् भने सुमन वलीले ५३३ मत ल्याएका छन्।

सदस्यहरुमा अनेरास्ववियुकै उम्मेदवार प्रतिभा आचार्य ६३९,  सोमराज गिरी ६१९, युवराज पौडेल ६२८,  वीरेन्द्र कुँवर ६६१, अनुप सुवेदी ६६३, रितेशकुमार साह ५७९ र अशोक साहले ५७९ मत ल्याएर जित हासिल गरेका छन्।

निर्वाचनमा प्रत्यक्षतर्फ ११८१ मत खसेको थियो। जसमध्ये ११७९ मत सदर र २ मत बदर भएको थियो।

त्यसैगरी, समानुपातिकतर्फ पनि अनेरास्ववियु नै पहिलो भएको छ । समानुपातिकतर्फ अनेरास्ववियुले ५३७ मत ल्याएको छ भने नेविसंघले ५१७ मत प्राप्त गरेको छ। यसैगरी, अनेरास्ववियु क्रान्तिकारीले १०५ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले १७ मत ल्याएका छन् । समानुपातिकतर्फ ११७९ मत खसेको थियो ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *