नर्सिङ लाइसेन्स परीक्षामा २६ प्रतिशत पास

काठमाडौँ, ५ चैत । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ लाइसेन्स परीक्षामा न्युन संख्यामा नर्सहरु पास भएका छन् ।

परिषद्का निमित्त रजिष्ट्रार सकुन्तला श्रेष्ठका अनुसार प्रविणताप्रमाणपत्र तह (पीसीएल) नर्सिङ तर्फको नामदर्ता (लाइसेन्स) परीक्षामा कुल ८३४ जना सहभागी भएका मध्ये २६.१ प्रतिशत मात्रै पास भएका छन् ।

यस्तै बीएस्सी नर्सिङ तर्फ ३७७ जनामा ४१.९ प्रतिशत मात्रै पास भएका छन् ।

नयाँ व्याच नआइसकेको र पहिले देखि परीक्षामा अनुतीर्ण भएका धेरै परीक्षार्थीहरु नै यसपटक पनि सहभागी भएको हुँदा नतिजामा कमि देखिएको श्रेष्ठले बताईन ।

काउन्सिलको यो पीसीएल तर्फ ३३ औँ र बीएस्सी तर्फ दोस्रो लाइसेन्स परीक्षा हो । परीक्षा भानु मावि र बागमती कलेजमा भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर