न्याम्सको उपकुलपति सहितका पदाधिकारीको कार्यकाल सकियो

काठमाडौँ, २ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति सहित चार जना पदाधिकारीको पदावधि सकिएको छ। न्याम्सका उपकुलपति प्राडा डिएन साहको कार्यकाल गत मंगलबारबाट सकिएको हो।
यस्तै रेक्टर प्राडा सुवोध अधिकारी, रजिष्ट्रार प्रा प्रमिला देवान र डिन प्राडा पियुष दाहालको कार्यकाल हिजो बुधबार देखि सकिएको हो ।
न्याम्सको कार्यसञ्चालनका लागि उपकुलपतिको अध्यक्षतामा छ सदस्यीय कार्यकारी परिषद् रहने व्यवस्था छ । त्यसमा शिक्षाध्यक्ष, रजिष्ट्रार, डीन, वीर अस्पताल निर्देशक पदेन र उपकुलपतिको सिफारिसमा चिकित्सक मध्येबाट एक जना कार्यकारी परिषद्को सदस्य नियुक्ति हुने व्यवस्था छ ।
अहिले ती मध्ये वीर अस्पतालका निर्देशक रहेका डा सन्तोष पौडेल बाहेक कार्यकारी परिषद्का पदाधिकारी तथा सदस्य पद रिक्त रहेको छ ।
पदाधिकारी पद रिक्त हुँदा न्याम्सको शैक्षिक तथा प्रशासनिक काममा अप्ठेरो पर्न सक्छ । प्रधानमन्त्री कुलपति, स्वास्थ्य मन्त्री सहकुलपति हुने व्यवस्था रहेकोले उनीहरुले तत्कालका लागि काम चलाउ जिम्मेवारी तोक्न सक्नेछन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




