स्वास्थ्य बीमाका सदस्यबाट उठाएको झण्डै २२ लाख रुपैयाँ आफ्नो खातामा राखेर सीअहेव फरार भएपछि….

काठमाडौँ, १ चैत । स्वास्थ्य बीमा गर्नेबाट उठाएको लाखौँ रुपैयाँ प्रिमियम आफ्नो खातामा राखेर एक जना दर्ता अधिकारी फरार भएका छन् । स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय उदयपुरमा दर्ता अधिकारीको रुमपा कार्यरत सीअहेव छैटौँ मोहम्मद फिरोज अली गत ११ पुस देखि फरार भएका हुन् ।

उनले गत असार मसान्त भित्रमा स्वास्थ्य बीमाका लागि दर्ता सहयोगीहरु मार्फत उठेको २१ लाख ८५ हजार १५० रुपैयाँ आफ्नो व्यक्तिगत खातामा जम्मा गरेको पाइएको छ ।

प्रिमियम रकम जति आफ्नो खातामा राखेर उनले पछि आफ्नो व्यक्तिगत चेकबाट बोर्डको खातामा जम्मा गर्न भौचर भरी पेश गरेका थिए । तर त्यसबेला खातामा रकम नभई चेक फिर्ता (बाउन्स) भएको थियो ।

चेक बाउन्स भएपछि बैकले २४ घण्टा भित्र गत १३ पुसमा उनको नाममा पत्र काटेको थियो । तर त्यसको जवाफ अहिलेसम्म नआएको बोर्डको दावी छ । अलीलाई खोजी गर्न बोर्डले जिल्ला प्रशासन कार्यालय उदयपुर, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई समेत पत्राचार गरेपनि अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ ।

बोर्डले गत २९ फागुनमा अलीको नाममा पुन सूचना जारी गर्दै बोर्डको बैंक खातामा रकम दाखिला नगरी अपचलन गरेको र विना जानकारी लामो समय अनुपस्थित रहेको विषय खुलाएर स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

तोकिएको समय भित्र जवाफ प्राप्त हुन नआएमा अपचलन गरेको रकम व्याज सहित असुल गर्न प्रक्रिया अघि बढाउने र अनुपस्थित भएको विषयमा स्वास्थ्य सेवा ऐन २०५३ अनुसार कारवाही अघि बढाउने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाद्धारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *