टर्किएमा पुन : शक्तिशाली भुकम्प, ६ जनाको मृत्यु

काठमाडौँ, ९ फागुन । टर्किएमा पुन : शक्तिशाली भुकम्प गएको छ । दक्षिण सहर एनटाक्यालाई केन्द्रबिन्दु बनाएर सोमबार ६ दशमलब ४ म्याग्निच्युडको भुकम्प गएको छ । भुकम्पमा परी ६ जनाको ज्यान भएको बताइएको छ ।

भूकम्पको झड्काले सिरिया आसपास क्षेत्रमा पनि असर पुगेको बताइएको छ । टर्की र सिरियामा गरी करिब ६ सयभन्दा बढी व्यक्ति घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

केही समय अघि सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७ दशमलब८ म्याग्निच्युडको शक्तिशालि भूकम्प गएको थियो । सो भुकम्पमा परी अहिलेसम्म ४४ हजारभन्दा धेरैको मृत्यु भएको बताइएको छ । अझै खोजी कार्य जारी रहेको छ । उद्धार र राहतको काम नसकिंदै फेरि अर्को भूकम्प गएपछि टर्कीमा थप समस्या भएको छ बताइएको छ । स्थानीय त्रसित बनेका छन् ।

भूकम्पले टर्कीको भौतिक संरचनामा ठूलो क्षति गरेको छ । भूकम्पमा परेकाहरुको उद्धार कार्य भइरहेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *