ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका सांसद भण्डारीको उपचारमा भेन्टिलेटर हटाइयो

काठमाडौँ, ८ फागुन । ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा.चन्द्र भण्डारीको उपचारमा भेन्टिलेटर हटाइएको छ।

मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारत भण्डारीलाई सोमबार बिहान परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको हो ।

मुम्बईमा रहेका कांग्रेस कार्यकर्ता माधव न्यौपानेले सोमबार बिहान सवा १० भण्डारीको पछिल्लो अपडेट भन्दै फेसबुकमा लेखेका छन्, ‘ट्रायलका रुपमा भेन्टिलेटर हटाइएको छ।’उनले स्वास्थ्य पारामिटर सामान्य रहेका र सुन्निएको भाग घट्दै गएको पनि जानकारी दिएका छन् ।

‘स्वास्थ्य पारामिटर नर्मल रहेका छन्। सुन्निएको भाग घट्दै गएको छ। स्वास्थ्य सामान्यतर्फ गइरहेको छ,’ न्यौपानेले लेखेका छन्।

काठमाडौँको बुद्धनगरस्थित निवासमा बुधबार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा गम्भीर घाइते भएका भण्डारीको नेपालमा उपचार सम्भव नहुने भनिए पछि श्री एयरलायन्सको चार्टड फ्लाइटबाट थप उपचारका लागि मुम्बई लगिएको थियो । सांंसद भण्डारीसंग जलनमा परेकी उनकी ८६ वर्षीया आमा हरिकला भण्डारीको बिहीबार उपचारकै क्रममा निधन भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *