‘औषधि बिक्री प्रतिनिधि संघले गैरकानूनी काम गर्दै जनस्वास्थ्यमाथि खेलवाड गर्न खोज्यो’

काठमाडौँ, ६ फागुन । नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ (एनएमएसआरए) ले जनस्वास्थ्य माथि खेलवाड तथा कानून विपरितका कार्यहरु गर्न थालेको भन्दै औषधि उपचार सम्वद्ध विभिन्न सात वटा संस्थाहरुले विरोध जनाएका छन् । उनीहरुले बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै एनएमएसआरए नसच्चिए कानूनी उपचारमा अघि बढ्ने चेतावनी दिएका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्नेहरुमा नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेद औषधि उत्पादक संघ, नेपाल मेडिकल एसोसिएशन, नेपाल औषधि व्यवसायी संघ, रसायन तथा मेडिकल आपूर्ति संघ, नेपाल औषधि विक्री प्रवन्धक संगठन र एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) रहेका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्ने संस्थाहरुका अनुसार औषधि बजार व्यवस्थापनमा खटिने मार्केटिङ रिप्रेजेन्टेटिभ (एमआर)हरुको संगठन एनएमएसआरएले पछिल्ला दिनमा औषधि उद्योगीहरु र उद्योगमा कार्यरत व्यवस्थापकलाई उक्त संस्थाको पूर्व स्वीकृति नलिई बजार प्रवेश गर्न नदिने, उद्योगको बजारबाट उठाउनु पर्ने रकम उठाउन बन्देज लगाउने, उद्योगको बैठक स्थलमा प्रवेश गरी हुलहुज्जत गर्ने र लाखौँ रकम असुली गर्ने लगायतका गतिविधि बढाएका छन् ।

‘औषधि जस्तो संवेदनशील एवं अत्यावश्यक बस्तुको आपुर्तिमा असहज गराउने कार्य जनस्वास्थ्य प्रतिको खेलबाड हो। नेपालमा औषधिको बजारीकरण गर्ने सम्बन्धमा विभिन्न बहानामा बजारमा कार्यरत कर्मचारीहरुलाई बिभिन्न हुल, समूह,संस्थाको नाममा कार्य गर्न निषेध गर्ने,कार्यस्थलमा ब्यबस्थापक, निर्देशक लगायत कर्मचारीहरु पूर्व स्वीकृती लिएर मात्र चिकित्सक,थोक बिक्रेता, औषधि पसल, अस्पताल समेतमा कार्य गर्नुपर्ने क्रियाकलाप नेपालको संबिधान र बिद्यमान कानून बिपरित रहेको छ। नेपालको संविधान प्रदत्त अधिकार प्रयोग गरि आफ्नो ब्यापार व्यवसाय संचालन गर्ने हक हनन हुने क्रियाकलाप प्रति हामी गम्भीर रहेका छौ। यस विषयमा हामी स्वास्थ्य सम्बद्ध संस्थाहरु ऐक्यबद्धता जनाउँदै यस्ता प्रकारका गैह्रकानुनी कार्य कसैले नगर्न, नगराउनुहुन सम्बन्धित निकायहरुलाई यसै विज्ञप्ती मार्फत अपिल गर्दछौं’ विज्ञप्तिमा भनिएको छ।

हेर्नुहोस विज्ञप्ती

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *