चौबिस घण्टामा थपिए ४ जना कोरोना संक्रमित
काठमाडौँ, ४ फागुन । पछिल्लो चौबिस घण्टामा देशभर थप जम्मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप १ हजार ६६३ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, देशभर १० जना सक्रिय संक्रमित रहेका छन् ।