सांसद भण्डारीलाई श्री एयरलायन्सको चार्टंड फ्लाइटबाट मुम्बई लगिदै

काठमाडौँ, ४ फागुन । ग्यास विस्फोटमा परी गम्भीर घाइते भएका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिने भएको छ । कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा किरण नकर्मीले थप उपचारका लागि मुम्बई पठाउन लागिएको जानकारी दिए ।

अस्पतालका अनुसार उनलाई श्री एयरलायन्सको चार्टड फ्लाइटबाट मुम्बई लगिने छ । एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटमा मेडिकल टिमको व्यवस्थापन नर्भिक अस्पतालले गर्नेछ । नर्भिकबाट ६ जना चिकित्सकीय टीम फ्लाइटमा हुने बताइएको छ । कांग्रेस नेता अजयबाबु सिवाकोटीले ६ जना चिकित्सक सहित ११ जनाको टोली एयर एम्बुलेन्समा मुम्वई जान लागेको उल्लेख गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसम्म लैजानका लागि नर्भिक अस्पतालको एम्बुलेन्स जाँदैछ ।

चिकित्सकका अनुसार सांसद भण्डारीको ३० प्रतिशत भाग जलन भएको बताएका छन् । जलनका क्रममा तातो धुवा तथा हावा फोक्सो सम्म पुगेकोले अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि बाहिर लैजान सिफारिस गरेका थिए ।

सांंसद भण्डारीसंग जलनमा परेकी उनकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने आज विहान उपचारकै क्रममा निधन भएको छ ।

यी हुन मुम्बई जाने चिकित्सकीय टोली
१ डा प्रदीप तिवारी (क्रिटिकल केयर हेड)
२. डा बृहस्पति (एनेस्थेसिया एण्ड क्रिटिकल केयर)
३ डा रोशन शर्मा, फ्लाइट डाक्टर इएमएस
४ दिनेश राई प्यारामेडिक्स इआर
५ सागर महर्जन प्यारामेडिक्स इआर
६ राज तामाङ प्यारामेडिक्स इआर

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *